गृहपृष्ठ पत्रकार गोकर्ण गौतमको निधन

पत्रकार गोकर्ण गौतमको निधन

पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गौतमको बिहीबार बिहान न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।

टाउकोको नसा सुन्निएको देखिएपछि न्युरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । तर, शल्यक्रिया सफल हुन नसकेपछि उनको निधन भएको अस्पतालले जनाएको छ । पत्रकारितामा स्नातकोत्तर गरेका मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् ।

प्रकाशित समय ०२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु