गृहपृष्ठ ग्लोकल टिन हिरोअन्तर्गत २० अन्डरको सूची सार्वजनिक
ग्लोकल टिन हिरोअन्तर्गत २० अन्डरको सूची सार्वजनिक
20U20
सेप्टेम्बर १ गतेका दिन वाइवाई ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणामार्फत आवेदनको अन्तिम मिति नोभेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय सकिएपछि प्राप्त आवेदनबाट उत्कृष्ट २० जना छनोट गरिएको छ । जस्लाई ग्लोकल २० अन्डर भनी पहिचान गरिएको छ ।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपाल’ को यो छैठौं संस्करण हो । २० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस वर्षको ग्लोकल २० अन्डरको सूची सार्वजनिक गरिएको छ । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् पुरस्कृत हुने भएका छन् ।
सोही दिन वाइवाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ । ग्लोकल प्रालि र वाइवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोर किशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।
समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मानगर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थपप्रोत्साहन गरी उनीहरुलाई संसारमाझचिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सूची यस प्रकार रहेको छ –
- अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
- अमित तिमिल्सिना, १७, टेक्नोप्रिनर, बुटवल
- अन्कित मिश्र, १८, बालअभियान्ता, बाँके
- दिक्षा गौतम, १८, बालअभियान्ता, काठमाडौं
- एकराज घिमिरे, १८, वातावरणविद्, पाल्पा
- ग्रेश थापा, १८, उद्द्यमी, ललितपुर
- लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
- मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभियान्ता, रामेछाप
- नम्रता दाहाल, १७, बालअभियान्ता, झापा
- प्रेक्षा धामी, १८, सामाजिक अभियान्ता, कैलाली
- रीत काफ्ले, १८, शिक्षक, विराटनगर
- सनिफ कँडेल, १८, युवाअभियान्ता, रुपन्देही
- संस्कृति फुँयाल, १७, सामाजिक अभियान्ता, काठमाडौं
- सेलिया श्रेष्ठ, १५, सामाजिक अभियान्ता, झापा
- सुभास शर्मा, १७, कोडर, जनकपुर
- सुलव सुवेदी, नवप्रबर्दक, १८, इलाम
- सुसन सापकोटा, १४, वातावरणविद्, सुर्खेत
- स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर
- वैभव नाहटा, १८, उद्द्यमी, विराटनगर
- योउवेश धौभडेल, १९, सामाजिक अभियन्ता, भक्तपुर
प्रकाशित समय २०:४५ बजे

















