गृहपृष्ठ यौन दुर्व्यवहारको अभियोगमा प्रिन्सिपल पक्राउ

यौन दुर्व्यवहारको अभियोगमा प्रिन्सिपल पक्राउ

pakrau-arrest-newskarobar

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका- १०, भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका- १ मालटोलका ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खानले मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु