गृहपृष्ठ नेपाली सेनाको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

नेपाली सेनाको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुरमा भएको नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार भएको परीक्षामा डाेटीकाे सायल गाउँपालिका ६ का सुमन खड्का प्रक्राउ परेका हुन् ।

खड्काले बझाङ दुर्गाथली ४ का मुकेश भण्डारीकाे सट्टामा परीक्षा दिइरहेकाे बेलामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । महेन्द्रनगरकाे कञ्चन विद्या मन्दिरमा खड्का लिखित परीक्षामा सहभागी थिए । साेही क्रममा खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियोे भने भण्डारीलाई पनि नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको प्रहरी जनाएको छ ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु