गृहपृष्ठ आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै बुबाको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका- ८, धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका- ८, धापेस्थित खेतमा धान झाँट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु