गृहपृष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको नेपाल र चीनले मंगलबार एकैपटक सार्वजनिक गरेका हुन् । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।
नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । परराष्ट्र मन्त्री ज्ञवाली र चीनमा चिनियाँ विदेशमन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
गत १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्र मन्त्रालयले गरेको हो । यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ मा सर्वे अफ इन्डियाले नापेको हो ।
प्रकाशित समय १४:१६ बजे

















