गृहपृष्ठ विकासमा गण्डकी प्रदेशले फड्को मार्दैछ : मुख्यमन्त्री गुरुङ

विकासमा गण्डकी प्रदेशले फड्को मार्दैछ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायतको विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको बताउनुभएको छ । गृहजिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिका–११ चिती तिलाहरमा आज ज्येष्ठ नागरिक सङ्घ चितीको पाँचौँ वार्षिकोत्सव एवं दिवा सेवा केन्द्र कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

प्रदेश सरकाले विकासका कामलाई तीव्रता दिँदै करोडौँ रकम विकासमा खर्च गरिरहेको उनको भनाइ छ । उनले भने, ‘प्रदेशका प्रत्येक पालिका केन्द्रसम्म सडक सञ्जालले जोेड्दैछौँ । आगामी दुई वर्षभित्र उज्यालो प्रदेश, सबैको घरघरमा खानेपानी पुग्ने उनको भनाइ छ ।’

त्यस्तै उनले ज्येष्ठ नागरिकको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै यसको लागि प्रदेशले थप ऐन कानूनसमेत निर्माण गर्न लागिएको बताए । त्यस्तै डिजिटल साक्षरता प्रदेश बनाउनेसमेत मुख्यमन्त्री गुरुङले बताए । उनले भने, ‘औषधि, पैसा र चिकित्सकको अभावमा कसैको ज्यान फाल्नुपर्ने छैन । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।’

सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले ज्येष्ठ नागरिक भवन निर्माणले यहाँका ज्येष्ठ नागरिकलाई भजनकीर्तन गर्न विभिन्न कार्यक्रम गर्नका लागिसमेत सहयोग पुगेको बताए । ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदेश र बेँसीशहर नगरपालिकाको गरी साढे १७ लाख रूपैयाँ खर्च भएको संघले जनाएको छ । नगरपालिकाको एक लाख रूपैयाँ र अरु सबै प्रदेश सरकारको आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, जिल्ला समन्वय समिति लमजुङ प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत उपस्थित रहेको थियो ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु