गृहपृष्ठ लोकसेवा आयोगद्वारा ३६० जना अधिकृतका लागि दरखास्त आह्वान
लोकसेवा आयोगद्वारा ३६० जना अधिकृतका लागि दरखास्त आह्वान

लोकसेवा आयोगले ३६० जना अधिकृतका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न सेवामा आवश्यक पर्ने अधिकृत तहका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले फर्म भर्ने म्याद पुस १४ सम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप चारसय रुपैयाँ बुझाउनुपर्ने छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित समय १३:५३ बजे