गृहपृष्ठ ‘ग्लोकल टीन हिरो २०२०’बाट स्वास्थ्य अभियन्ता मन्दिरा श्रेष्ठ सम्मानित

‘ग्लोकल टीन हिरो २०२०’बाट स्वास्थ्य अभियन्ता मन्दिरा श्रेष्ठ सम्मानित

ग्लोकल प्राइभेट लिमिटेडद्वारा आयोजित ‘लोकल टीन हिरो २०२०’ को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टीन हिरो’ नेपालको यो छैठौं संस्करण हो । देशभरीका किशोरकिशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा शनिबार ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो ।

शनिबार भएको अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयका रामेश्वर राय यादवले विजेताको घोषणा गरेका थिए । शिक्षा, उद्यमशीलता, कुटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । वाई वाई ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरु एकराज घिमिरे वातावरण विद्, मन्दिरा श्रेष्ठ स्वास्थ्य अभियन्ता, रीता काफ्ले शिक्षिका, सुभाश शर्मा कोडर, सुलव सुवेदी नवप्रवद्र्धक र वैभव नाहटा उद्द्यमीबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो ।

मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ता एवं अभियन्ता हुन् । उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टीम लिडरको रूपमा काम गरेकी छन् । उनी एकीकृत राष्ट्रिय किशोरकिशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भइरहेकी छन् । त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्ममा चाइल्ड क्लबमा’ सामाजिक स्वयंमसेवकको रुपमा काम गरिरहेकी छन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन् ।

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु