गृहपृष्ठ ग्यास चुहावट हुँदा आगलागी, साढे ११ लाख बराबरको क्षति

ग्यास चुहावट हुँदा आगलागी, साढे ११ लाख बराबरको क्षति

सांकेतिक तस्बिर ।

चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी भएको छ । आगलागीबाट ११ लाख ४७ हजार ५०० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

आगलागी भएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु