गृहपृष्ठ चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । आइतबार जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्नेवर्ष २६ को छेसाङ्ग लामा र वर्ष २३ को शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्बरको सेतो रंगको केटीएम डुक मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
त्रिपुरेश्वरस्थित अटो क्लिनिक मोटरसाइकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाइकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२-००६ प २४९५ रहेको खुल्न आएको छ । काठमाडौं अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन यस महाशाखामा दिएका थिए । दुवैजनालाई मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको छ ।
प्रकाशित समय १२:०२ बजे

















