गृहपृष्ठ ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले शनिबार

ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले शनिबार

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न गरिनेछ ।

कोरोना महामारीको कारण यस वर्षको आइसिटी अवार्ड नियमित समयभन्दा ढिलो भए तापनि अवार्ड अझ परिष्कृत रूपमा सम्पन्न हुने हाम्रो विश्वास लिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । कार्यक्रम सफल रूपमा सम्पन्न गर्नका लागि आयोजक, जुरी र सल्लाहकार समितिले अथक प्रयास गरेका छन् । अवार्डमा गत वर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएको र छनौट प्रक्रियाका लागि नै ४ महिनाको समय व्यतित गरिएको छ । २५ भन्दा बढी जुरी मिटिङहरू सम्पन्न भएका छन् । अधिकांश जुरी छनौट प्रक्रिया र मिटिङहरू सूचना प्रविधिको अधिकतम प्रयोग गरी भर्चुअल रूपमा सम्पन्न भएका छन् ।

जुरी संयोजक सुशील पोखरेलले भने, ‘हामीलाई लाग्छ, अवार्डको छनौट प्रक्रिया यति निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन जसरी विभिन्न किसिमले प्रविधिको प्रयोग गरिएको छ ।’ ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधाहरू रहेको भए तापनि एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी र सोही बराबर जुरी सल्लाहकार रहेका छन् ।

अवार्ड सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका ३० भन्दा बढी संस्थाहरूको सहकार्य र सहयोग रहेको छ । नेपाल सरकारको तर्फबाट मन्त्रालय, विभाग, दूरसञ्चार प्राधिकरण, नास्ट लगायतको सहकार्य रहेको यस अवार्डमा नेपाल टेलिकम र जिनसले इन एशोसिएसनमा सहकार्य गरेका छन् । विश्वप्रसिद्ध टेक कम्पनी ह्वावेसँग विशेष सहकाय गर्न पाउँदा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग मिल्नेछ । अवार्डको जुरी सल्लाहकारमा सिलिकन भ्याली अमेरिकाका सोफी एल्कर्नको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा कम्पनी विस्तार गर्न चाहने नेपाली स्टार्टअपलाई सघाउ पुग्नेछ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा फोनपे पावर्ड बाईमा रहेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणबाट विशेष सहयोग प्राप्त छ । यसमा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टीडीओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् । प्रविधि पत्रकार मञ्च कार्यक्रमको एकनलेज पार्टनरको रूपमा समेत रहेको छ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ ।

के के पाउँछन् अवार्ड विजेताले ?

आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।

इन एशोसिएसनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ । सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु