गृहपृष्ठ नक्कली नोटसहित २ जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ
गएराति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३०० बरामद गरेको डीएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले दुवै जनालाई मोरङको रंगेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित समय १६:४२ बजे

















