गृहपृष्ठ श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ
श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ
गौर नगरपालिका- ४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६/६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:४४ बजे

















