गृहपृष्ठ आगलागीबाट दुई घर जलेर नष्ट
आगलागीबाट दुई घर जलेर नष्ट
प्रतिकात्मक तस्बिर
उत्तरी रसुवाको गत्लाङमा बुधबार भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङमो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङथुङ तामाङको घर आगलागी भएको हो ।
सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करीब ६ सय घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए । क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १५:४५ बजे

















