गृहपृष्ठ निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त गरिएका एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको पुनर्बहाली

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त गरिएका एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको पुनर्बहाली

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा बर्खास्त गरिएका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टको पुनर्बहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्ट र भट्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरुलाई सफाइ दिने निर्णय गरेको थियो ।

२०७६ साउन १५ गतेको सो फैसलापछि उनीहरुले बर्खास्तीको निर्णयमा पुनर्विचार गर्न गृह मन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए । गृह मन्त्रालको प्रस्तावमा नै ०७५ असोजमा मन्त्रिपरषद्ले उनीहरुलाई गरेको बर्खास्ती गरेको थियो ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु