गृहपृष्ठ चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङलाई मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

धादिङको निलकण्ठ नगरपालिका- ९, मुरली भन्ज्याङका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका वडा न. १ देवीस्थानका २१ वर्षीय राजन तामाङले सवार गरेको बा. ९२ प ७६३० नम्बर कालो रातो रङको २२० सीसीको पल्सर मोटरसाइकल पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाइकल २०७६ साल पुस २६ गते काठमाडौंको सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी ट्राफिक महाशाखामा पर्साको ठोरी गाउँपालिका- ९ का पूर्ण बहादुर थापाले निवदेन दिएका थिए । थापाले दिएको हुलिया निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु