गृहपृष्ठ काठमाडौंका २१ स्थानमा आज बिजुली काटिने

काठमाडौंका २१ स्थानमा आज बिजुली काटिने

नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काट्दैछ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको हो । हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु र मित्रनगरलगायत क्षेत्रमा मर्मत कार्य गर्न विद्युत प्रवाह रोकिने र काम सकिएलगत्तै पुन: प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु