गृहपृष्ठ एचआईभी एड्सबाट किशोरीको मृत्यु
एचआईभी एड्सबाट किशोरीको मृत्यु
सप्तरीको राजविराजमा आइतबार साँझ एचआईभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।
एचआईभी एड्सको लक्षण देखिएकी किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो । उनका अनुसार नौ वर्षअघि उनका बाबुआमाको पनि एचआईभी एड्सबाटै मृत्यु भएको थियो । २०६८ वैशाख १ गते एचआईभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइ पनि एचआईभी एड्स पीडित हुन् । उनी नियमित औषधि खाइरहेको पारिवारिक स्रोतले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:२१ बजे

















