गृहपृष्ठ पत्रकार महासंघद्वारा विभिन्न पुरस्कारको निर्णय

पत्रकार महासंघद्वारा विभिन्न पुरस्कारको निर्णय

#Nepal_Patrakar_Mahasangh #नेपाल_पत्रकार_महासंघ #FNJ

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ । टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । उक्त पुरस्कारको राशि १० हजार रहेको छ । यसैगरी भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएबापत उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने महासंघका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए।

बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु