गृहपृष्ठ सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिएको अभियोगमा पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिएको अभियोगमा पक्राउ

सामाजिक सञ्जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा सल्यान कुमख गाउँपालिका- ४, सरोडाडाका ३६ वर्षीय रवि शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपश्चात जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु