गृहपृष्ठ ५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३० जनामा नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
बिहीबार कोरोना संक्रमणबाट थप चार जनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २२६ जना निको भएका छन् । संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ८९२ जना संस्थागत आइसोलेसनमा १५० जना आईसीयू, ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७३ महिला र १२५ पुरुष छन् काठमाडौंमा १४६ भक्तपुर १६ र ललितपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:१७ बजे

















