गृहपृष्ठ अटोमेटिक पेस्तोल र गोलीसहित युवक पक्राउ

अटोमेटिक पेस्तोल र गोलीसहित युवक पक्राउ

arrest_पक्राउ_news karobar

बुढीगंगा गाउँपालिका- ४ बाट १ थान अटोमेटिक पोस्तोल, केएफ ७.६५ लेखिएको ३ राउण्ड गोली, ५ थान मोबाइल र ५ थान सिमकार्डसहित संखुवासभाको मादी नगरपालिका- ४, ओखरबोटे बस्ने ३२ वर्षीय डीबी सिलवाल भन्ने धन बहादुर बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा केही व्यक्तिहरू लुकीछिपी उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले धन बहादुरलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा धनबहादुर गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका- १ बस्ने राजेन्द्र श्रेष्ठलाई बर्खे जंगलमा लगि धारिलो हतियारले घाँटी रेटी हत्या गरेको तथा बम बिस्फोटसमेत गराएको घटनामा समेत संलग्न रहेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु