गृहपृष्ठ मकवानपुरमा विप्लव समूहद्वारा पिकअप भ्यानमा आगजनी
मकवानपुरमा विप्लव समूहद्वारा पिकअप भ्यानमा आगजनी
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जिप जलाएका छन् । मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ ।
प्रकाशित समय १०:२१ बजे

















