गृहपृष्ठ मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए
मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । ‘मिस मंगोल २०१८’ का विजेता २३ वर्षीया जाङमु इन शेर्पासँग ४९ वर्षीय मुख्यमन्त्री राईको आइतबार परम्परागत विधिबाट विवाह भएको हो ।
बालुवाटारस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा पारिवारिक र निकट व्यक्तिलाई मात्र आमन्त्रण गरिएको थियो । मुख्यमन्त्री राई भोजपुरका हुन् भने शेर्पाको पुर्ख्यौली घर संखुवासभा हो ।
तस्बिरहरू : मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीको फेसबुकबाट ।
प्रकाशित समय १६:३२ बजे

















