गृहपृष्ठ अवैध चिनियाँ मदिरा बरामद

अवैध चिनियाँ मदिरा बरामद

हुम्लाको खार्पुनाथ गाउँपालिका- ४, खार्पुबाट प्रहरीले एकसय १० पेटी मदिरा बरामद गरेको छ । व्यापारिक प्रयोजनको लागि ल्याइएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो ।

हुम्लाको खार्पुनाथ- ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेर मदिरा गाउँ लैजाँर्द गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले जानकारी दिए ।

उनका अनुसार झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको थियो । ‘मदिरा पहिले नै ल्याएर लुकाइ राखिएको रहेछ,’ उनले भने, ‘अहिले व्यापारिक प्रयोजनको लागि व्यवसायीसम्म पुर्‍याउँदै गर्दा थाहा भयो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु