गृहपृष्ठ श्रृंखलाबद्ध भेटवार्तामा अमेरिकी राजदूत बेरी

श्रृंखलाबद्ध भेटवार्तामा अमेरिकी राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् । सोमबार उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटे गरेका हुन् ।

राजदूत बेरीले प्रचण्डसँगको भेटपछि ट्वीटरमा लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने श्रृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ। मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकाहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

बेरी र देउवाबीच भएको भेटमा लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको दूतावासले जानकारी दिएको छ । यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका थिए ।

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु