गृहपृष्ठ जुम्लाका आगलागी पीडितलाई राहत र पुन:स्थापना गर्न राष्ट्रपतिकाे ध्यानाकर्षण
जुम्लाका आगलागी पीडितलाई राहत र पुन:स्थापना गर्न राष्ट्रपतिकाे ध्यानाकर्षण
राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मंगलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले आज ट्वीटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।
मंगलबार तिला गाउँपालिका- ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएको हो । सदरमुकाम खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको थियो ।
जुम्लाको गोठीगाउँमा भएको आगलागीबाट दुइ दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपंक्षीको क्षति भएको थाहा पाउँदा मलाई दु:ख लागेको छ।अग्नीपीडितहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गराउँदछु।
— Bidya Devi Bhandari (@PresidentofNP) January 27, 2021
प्रकाशित समय १४:२१ बजे

















