गृहपृष्ठ बालिकालाई विक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ

बालिकालाई विक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ

६ वर्षीया बालिकालाई भारततर्फ विक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका- १२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका- २ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो ।

महतोउपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु