गृहपृष्ठ गोर्खा इको प्यानलद्वारा इन्जिनियरलाई तालिम

गोर्खा इको प्यानलद्वारा इन्जिनियरलाई तालिम

आधुनिक निमार्ण सामाग्री कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले बुधबारदेखि भक्तपुरका इन्जिनियर तथा प्राविधिकहरुलाई दुई दिने तालिम सुरु गरेको छ । आफ्नो निर्माण सामग्रीबारे जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरअन्तर्गतका इन्जिनियरहरुलाई भक्तपुरको सल्लाघारीस्थित कार्यालयकै भवनमा तालिम दिएको हो ।

पहिलो दिन बुधबार एकाईअन्तर्गत भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियरहरु तथा प्राविधिकहरुलाई तालिम दिइयो । दोश्रो तथा अन्तिम दिन बिहीबार जिल्लाकै मध्यपुर थिमी नगरपालिका र चाँंगुनारायण नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियहरुलाई तालिम दिने कार्यक्रम छ । तालिम गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इन्जिनियर कृष्णसुन्दर कुम्पाखले पुनर्निर्माणमा नयाँं प्रविधिबारे जानकारी गराए । साथै उनीहरुले गोर्खा इको प्यानलको विशेषताहरु त्था त्यसको प्रयोगको प्राविधिक पक्षहरुबारे पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

दुईदिने तालिमपछि शुक्रबार तालिममा सहभागी इन्जिनियरहरु तथा प्राविधिकहरुलाई फ्याक्ट्री भ्रमणमा लाने जनाइएको छ । उनीहरुलाई त्यहाँं लगेर विभिन्न जानकारीहरु दिने जनाइएको छ । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको जनाए । अबका दिनमा पनि यस्ता तालिमहरुलाई निरन्तर अगाडि बढाउँंदै लाने सीईओ कवांले बताए ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इँटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री उत्पादक कम्पनी हो ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु