गृहपृष्ठ जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवनको शिलान्यास

जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवनको शिलान्यास

जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी छन् । सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार १८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिए ।

एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४८२ को बजेटमा भवन निर्माण सुरु गर्न लागेको उनले जानकारी दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवन भूकम्प प्रतिरोधात्मक हुनेछ । भवनमा चारवटा लिफ्टको व्यवस्था रहने बताइएको छ । अदालतले आवासका लागि चार रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ ।

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु