गृहपृष्ठ संवैधानिक आयोगका नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता

संवैधानिक आयोगका नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता

संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । पुस ५ गते प्रतिनिनिसभा विघटनको सूचना प्राप्त हुनुभन्दा केही समयअघि संसद सचिवालयमा सुनुवाइका लागि दर्ता हुन आएको संवैधानिक परिषद्को सक्कल फाइल नै फिर्ता भएको हो ।

मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरेपछि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेमकुमार राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो ।

सभामुखको पत्र :

प्रकाशित समय १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु