गृहपृष्ठ उपभोक्ता ठग्ने १५ व्यवसायीलाई कारबाही, २० हजार जरिवाना

उपभोक्ता ठग्ने १५ व्यवसायीलाई कारबाही, २० हजार जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने १५ व्यवसायीलाई कारबाही गरेको छ । विभागले दैनिक अनुगमन गर्ने क्रममा सोमबार १५ व्यवसायीलाई कारबाही गरेको हो ।

विभागको कारबाहीमा पर्ने व्यवसायीहरुमा काठमाडौँका एस एन जी एग्रो प्रालि, कोटेश्वर डण्डी पसल ट्रेडर्स, अनया इन्टरप्राइजेज, मैनाली हाडवेयर सेन्टर, बिक्की हाडवर्यर प्रालि, निकेश हाडवेयर र राजेश हाडवेयर छन् । भक्तपुरका विराट सिन्धु ट्रेडिङ, शेरा ट्रेडर्स, अजिमा हाडवेयर कारबाहीमा परेका हुन् । ललितपुरका बिके विशाल इन्टरप्राइजेज, न्यू विन्दाबासिनी इन्टरप्राइजेज, नमस्ते हाडवेयर फर्म, मदन ट्रेडर्स र इमाडोल हाडवेयरलाई पनि विभागले कारबाही गरेको छ ।

विभागले १५ वटा व्यवसायीमध्ये ३ वटालाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । इमाडोल हाडवेयरलाई ५, अनया इन्टरप्राइजेजलाई १० र मैनाली हाडवेयर सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले व्यवसायीलाई उपभोक्ता ऐनअनुसार कारबाही गरेको हो । बाँकी ११ वटा व्यवसायीलाई उपभोक्ता ऐन २०७५ अनुसार व्यवसाय गर्न निर्देशन दिएको छ भने एक व्यवसायीलाई आवश्यक स्पष्टीकरण पेश गर्न बोलाएको विभागले जनाएको छ ।

विभागले खान अयोग्य वा म्याद सकिएको ३१ हजार ९१६ रुपैयाँ बराबरको सामान तत्कालै नष्ट गरेको थियो । विभागले खाद्यान्न, निर्माण सामग्री, हाडवेयरजस्ता क्षेत्रमा अनुगमन गरेको हो ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु