गृहपृष्ठ छतबाट खसेर एक जनाको मृत्यु

छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए । उनका अनुसार आज बिहान ६:१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यादव क्विक–२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए ।

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु