गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको सांकेतिक विरोध

प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको सांकेतिक विरोध

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुलुकभर आज सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूहद्वारा काठमाडौंको टुँडिखेललाई केही समय मानवसाङलो बनाई घेराउ गरिएको थियो ।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जीकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाको अगुुवाइमा भएको हो । विरोध प्रदर्शन गर्नुअघि ती संगठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु