गृहपृष्ठ भागरथी भट्टका हत्यारालाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग
भागरथी भट्टका हत्यारालाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको निष्पक्ष छानविन गरि हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै हत्यारालाई कडा कारबाही गर्न माग गरेको हो । बिहीबार बैतडीको दोगडाकेदार ७ को सनातन धर्म माविमा अध्ययनरत १७ वर्षीया किशोरी भट्टको लबदेब सामुदायिक वनमा शव फेला परेको थियो ।
१२ कक्षामा अध्ययनरत भट्ट विद्यालयबाट नफर्केपछि खोजी गर्दा जंगलमा शव फेला परेको थियो । सोही घटनालाई लिएर सम्पूर्ण विद्यार्थी संगठनहरुले सत्यतथ्य छानविन गर्न माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम समितिले पनि सो घटना सुनेर आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ ।
अध्यक्ष नन्दराज भट्टद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न भागहरुमा बलात्कारजन्य अपराधहरु दिनदिनै घटिरहेका छन् । कञ्चनपुरमा निर्मला पन्तका हत्याराहरुलाई सरकारले अहिलेसम्म कानुनको कठघरामा ल्या उन सकेको छैन । यो घटनाले पनि दोस्रो निर्मला हुन्छ की भन्ने शंका उत्पन्न भएको छ । त्यसैले दोषीको खोज तलास गरी दोषीलाई कडा कारबाही गर्न राष्ट्रिय जनमोर्चा माग गर्दछ ।’
प्रकाशित समय १४:०५ बजे

















