गृहपृष्ठ आक्रमक बजार विस्तार गर्दै बुद्ध एयर, दैनिक सय उडानको तयारी

आक्रमक बजार विस्तार गर्दै बुद्ध एयर, दैनिक सय उडानको तयारी

नयाँ जहाज भित्र्याएको बुद्ध एयरले आक्रमक बजार विस्तारको तयारी गरेको छ । कम्पनीले  काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर- ७२, तीनवटा एटीआर- ४२ र २ वटा बिचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।

कोभिड- १९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बुद्ध एयरले आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यसका लागि दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नें तयारीमा छाैं,’ कम्पनीका मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले भने ।

‘समय यात्रुको उडान हाम्रो’ नाराका साथ कम्पनीले नयाँ उडान तालिका बनाएको निर्दशक जोशीले बताए । उनका अनुसार बुद्धले अब पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्नेछ । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरेर उडान विस्तार गर्ने उनले जानकारी दिए ।

‘यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थपिएको जहाजबाट नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने निर्देशक जोशीले बताए ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यसबाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृतपछि पुनः सुरू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु