गृहपृष्ठ राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

newskarobar_banner

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२:०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अंक जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित समय १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु