गृहपृष्ठ प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, चुनावको तयारी र नेकपा विवादबारे छलफल हुने

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, चुनावको तयारी र नेकपा विवादबारे छलफल हुने

आयोग परिसरमा प्रधानमन्त्री ओली ।

निर्वाचन तयारी, नेकपाभित्रको विवाद लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री ओली केहीबेरअघि आयोग पुगेका हुन् ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ । प्रचण्ड-माधव समूहले आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेको छ । तर ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव रहेको पक्ष नै आधिकारिक हुने दाबी गरिरहको छ । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै सरकारले वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु