गृहपृष्ठ उद्योगी-व्यवसायीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन माग

उद्योगी-व्यवसायीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन माग

Typhoid-Vaccine-trail-Nepal

नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसमक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीसमक्ष भेटी उक्त माग गरेको हो ।

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, ‘कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसँग आवद्ध जिल्ला नगर, वस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।’ साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन माग गरे ।

पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन उनीहरुको आग्रह थियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन प्रतिनिधिमण्डलले सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन सुरु गरिएकोले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने आश्वासन दिए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक प्रतिक्रिया दिएको महासंघले जनाएको छ ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु