गृहपृष्ठ चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ

चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चोरीका सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केही महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाइकल चोरीमा संलग्न गिरोह मोटरसाइकलसहित पक्राउ हुने क्रम बढेको छ ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरीमुद्दाका अनुसन्धान कारबाहिका लागी बिभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ । सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट श्रेष्ठको पल्सरसहित धादिङ गजुरीका धन बहादुर तामाङलाई वास्तविक नम्वर परिवर्तन गरी बा.प्र.३-०२-०२० प ४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो भने बल्खुबाटमगरको २२० सीसीको एनएस पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका ईन्द्र तामाङ र रिखीलाल तामाङलाई प्रदेश ३.०२,०११ प ८९२९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ गरी तीनै जनामाथि अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाइकल चोरी गरि बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङनै भएको तथ्य पत्ता लाग्यो, त्यसपछि टोलीले सूचना संकलन एव खोजतलास गरि विशेष सुराकको आधारमा निजलाई बल्खुबाट पक्राउ गरेको उनले बताए ।

पक्राउ भएका मोटरसाइकलहरु बिहीबार भक्तपुरका सुसन थापामगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्ठभको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । थापा मगरको प्रदेश ३-०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ गरेको अवस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा.प्रदेश ०२-०१९ प ९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख गरेका छन् ।

हराएको निवेदनको आधारमा सूचना संकलन एव सुराकी परिचालन गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनले यस आ।व। मा मात्रै १९६ वटा मोटरसाइकल खोज तलास एवं पक्राउ गरि सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्नलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाइसकेको जानकारी दिए ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु