गृहपृष्ठ संग्रहालय समितिबाट महासंघ बाहिरियो

संग्रहालय समितिबाट महासंघ बाहिरियो

आदिवासी जनजाति संग्रहालय निर्माणबाट आदिवासी जनजाति महासंघ रुपन्देहीमा आबद्ध ११ संस्था वाहिरएका छन् । बुटवल हिलपार्क परिषद् ले आफ्नो परिसर भित्र निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय कुनै पनि संमन्वय नै नगरी अगाडी बढेको भन्दै महासंघ र एकल जातिय विभिन्न संगठनहरुले विरोध जनाएका हुन् ।

संग्रहालयको नाममा विभिन्न देशरुमा मोटो रकम उठाएर बुटवल हिलपार्क परिषद्ले कुनै पनि समन्वय नगरेको कारण आफुहरु समितिमा नरहेकोे महासंघ रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्यालले जानकारी दिए । उनले लक्षित समुहको समेत बजेट खर्च गरी निर्माणाधीन आदिवासी जनजाति संग्रहालयको नाममा हङ्गकङ्ग, अमेरिका,  तथा जापानमा रहेका नेपालीहरुले रकम प्रदान गरेको भएपनि रकम प्रदान गर्ने समयमासमेत महासंघ सँग परिषद्ले कुनै पनि समन्वय नगरेको महासंघको आरोप रहेको छ ।

सग्रहालय निर्माण हुनु आँफैमा राम्रो कार्य भएपनि त्यसमा महासंघ र अन्य एकल जातीय संगठनहरुलाई कुनै पनि प्रतिनिधित्व नगराएका कारण यसको विरोध गरिएको नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गिता सारुले जानकारी दिईन् ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु