गृहपृष्ठ मालढुंगा–बेनी सडक अवरुद्ध

मालढुंगा–बेनी सडक अवरुद्ध

पवर्तकाे जलजला गाउँपालिका वडा नम्बर ८ लस्ति बेरनेटामा पहिरोले घर बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय बमबहादुर परियारको एक तले कच्चि घर पहिरोले बगाउँदा बमबहादुरको १६ वर्षिय छोरा विकास परियार वेपत्ता भएका हुन् । उनको खोजी भइरहको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण सो गाउँमा १५ घर पहिरोको जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । गएरातीदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिकामा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढिका कारण सडक अवरुद्ध भएको हो । प्रहरी कार्यालयको टोलीले सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बाढीले ध १ ज ५४२ नम्बरको ट्याक्सी बगाको छ । ट्याक्सीमा सवार यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु