गृहपृष्ठ डा. केसी र सरकारबीच ९ बुँदे सहमति

डा. केसी र सरकारबीच ९ बुँदे सहमति

drck-newskarobar

 

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच नौ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा भएको सात बुँदे सहमतिको ड्राफ्टका केही बुँदामा डा. केसी असहमत भएपछि पुनः बालुवाटारमा बसेको बैठकले नौ बुँदे सहमति गरेको हो ।

यसअघि, सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति भएको थियो । तर, त्यसका केही बुँदामा डा. केसीले असहमति जनाएका पछि पुनः भएको वार्ता निष्कर्षमा पुगेको हो ।

सहमति बनेसँगै डा. केसी अनसन तोड्न तयार भएका छन् । चिकित्सा शिक्षामा सुधारको मागसहित २७ दिनेदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि तीन दिनदेखि केसी पक्ष र सरकारी टोली गहन छलफलमा जुटेका थिए ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु