गृहपृष्ठ करणी मुद्दामा फरार अभियुक्त पक्राउ

करणी मुद्दामा फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ ।
तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
चौधरीलाई लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।
(रासस)

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु