गृहपृष्ठ बुटवलमा पनि मनाइयो विश्व आदिवासी जनजाति दिवस
बुटवलमा पनि मनाइयो विश्व आदिवासी जनजाति दिवस

बुटवलमा पनि २४औं विश्व आदिवासी दिवसको अवसरमा बृहत् कार्यक्रम गरिएको छ । संयुक्त रुपमा आदिवासी जनजाति जिल्ला समन्वय समितिले प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा कार्यक्रम गरेको हो ।
जनजातिको झाँकीसहित सुरु भएको र्याली मिलनचोक, नयाँ बसपार्क, लुम्बिनी अञ्चल अस्पताल, बीपी चोक हुंँदै ट्राफिक चोकस्थित मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयका पूर्वमहासचिव प्रा. डा. ओम गुरुङ, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशी मगर, नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहनसिंह गोलेलगायतका आदिवासी जनजाति नेताहरुले सम्बोधन गरे ।
महासंघले सन् १९९४ अगस्ट ९ देखि विश्व आदिवासी दिवस मनाउँदैं आएको छ । साउन २० गतेबाट दिवस मनाउन सुरु गरेको महासंघले यसअघि साउन २१ गते बुटवलमा बृहत् आदिवासी जनजाति भेला र २२ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
प्रकाशित समय १४:११ बजे