गृहपृष्ठ सरकारसँग घनश्याम खतिवडाको माग–विद्यार्थीलाई विष खुवाउनेलाई नछाडियोस्

सरकारसँग घनश्याम खतिवडाको माग–विद्यार्थीलाई विष खुवाउनेलाई नछाडियोस्

विद्यालयको पानी ट्याङकीमा विष राखेको घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर सांसद घनश्याम खतिवडाले विद्यालयको पिउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गरि दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

घटनाको समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि चल्न सक्ने अवस्थामा नभएको भन्दै उनले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘पिउने पानीमा विष राख्ने अपराधीलाई हदैसम्मको कारबाहीका लागि सम्पूर्ण संयन्त्रको प्रयोग गर्नुपर्यो ।’ उनले भने ।

मंगलबार मोरङ क्षेत्र नम्बर १, लेटाङ नगरपालिकाको श्री जाँते मावि ९ का विद्यार्थीहरुमा पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा बिषको बोतल नै फेला परेको थियो । बिषाधीयुक्त पानी पिउँदा २६ जना विद्यार्थी विरामी परेका छन् । १८ जना सामान्य उपचारपछि घर फर्किए पनि २ जनाको उर्लाबारी नगरपालिकाको मंगलबारे अस्पताममा र ४ जना विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले विभिन्न बिपतको समयमा पनि भाडाको सवारी साधन प्रयोग गर्ने गरेको उल्लेख गर्दै खतिवडाले प्रहरीलाई संचार र यातायातका साधन सम्पन्न गराउन माग गरे ।

त्यसैगरी सांसद प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नम्बर १ को वडा नम्बर १०, ११ र २९ मा धोवीखोला र बागमती नदीको बाढीले ठूलो क्षति पुर्याएको भन्दै उपयुक्त राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु