गृहपृष्ठ फर्किए वाङचुक
फर्किए वाङचुक
फाइल तस्बिर
बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक शनिबार स्वदेश प्रस्थान गरेका छन् । बिमस्टेक सम्मेलनमा भाग लिन आएका वाङचुक स्वदेश फर्किएका हुन् ।
वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरे । भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए ।
श्रीलङकाका राष्ट्रपति मैत्रिपाला सिरीसेना भने आईतबार फर्कनेछन् । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री र म्यानमारका राष्ट्रपति शुक्रबारनै स्वदेश फर्किसकेका छन् ।
प्रकाशित समय १५:४२ बजे

















