गृहपृष्ठ पहिरोले थुनियो बडीगाढ खोला, बागलुङ र गुल्मीका धेरै बस्ती जाेखिममा

पहिरोले थुनियो बडीगाढ खोला, बागलुङ र गुल्मीका धेरै बस्ती जाेखिममा

मध्यपाहाडी लोकमार्ग अबरुद्ध

फाइल तस्बिर

बागलुङको बडीगाढ खोला पहिरोले थुनिएको छ । बडीगाढ गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमामा शुक्रबार राति करिब साढे ११ बजेतिर चट्टानसहिको पहिरो खसेको थियो ।

खोला थुनिएर एक किलोमिटर भन्दाबढी क्षेत्रमा ताल बन्दा सयौं घर जोखिममा परोको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ताल बनेको स्थानमा बिहानैदेखि गुल्मी र बाग्लुङका सुरक्षाकर्मी खटिएका छन् ।

बागलुङ वुर्तिवाङका खारा, खरवाङ, सिमलचौर, भिङ्गिठी, मजुवा, गुल्मीको वामी, रिडी लगायतका क्षेत्र जोखिममा परेको छ । स्थानीयवासी बाध फुटेर बाढी आउने डरले रातभर अनिदै बसेका थिए ।
पहिरोले मध्यपाहाडी लोकमार्ग अबरुद्ध भएको छ ।

तुरतुरे डाँडा बिहिबारदेखिनै भासिएको स्थानीको भनाइ छ । सम्भावित स्थानका सर्वसाधारणलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु