गृहपृष्ठ बडीगाड खोला अपडेट : ओभरफ्लो भएर पानी बग्न थाल्यो, स्थानीय त्रसित
बडीगाड खोला अपडेट : ओभरफ्लो भएर पानी बग्न थाल्यो, स्थानीय त्रसित
मध्यपहाडी लोकमार्ग अवरुद्ध
फाइल तस्बिर
गएरातीदेखि थुनिएको बागलुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला ओभरफ्लो भएर पानी बग्न थालेको छ । तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा थुनिएको बडिगाड खोला ओभर फ्लो भएर बग्न थालेको हो ।
पहिराले खोला थुनिएपछि ठूलो ताल बनेको छ । गोला थुनिदा दुई किलोमिटर माथिसम्म पानीको ताल फैलिएको छ । मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको हो । खोला थुनिएपछि बागलुङ र गुल्मीका सयौं घर जोखिममा परोको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बागलुङ वुर्तिवाङका खारा, खरवाङ, सिमलचौर, भिङ्गिठी, मजुवा, गुल्मीको वामी, रिडी लगायतका क्षेत्र जोखिममा परेको छ । ताल बनेको स्थानमा बिहानैदेखि गुल्मी र बाग्लुङका सुरक्षाकर्मी खटिएका छन् । स्थानीयवासी बाध फुटेर बाढी आउने डरले रातभर अनिदै बसेका थिए । पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।
प्रकाशित समय ०९:२५ बजे

















